हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा रहेको बज्रबाराही स्वास्थ्य चौकी स्थानीय स्वास्थ्य संस्थाहरु मध्ये जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ ।

न्यूनतम सेवा मापदण्ड (एमएसएस) सम्बन्धी हेटौंडामा भएको दुईदिने जिल्ला स्तरीय समिक्षा गोष्ठीको समापन समारोहमा सर्वोत्कृष्ट स्वास्थ्य संस्थाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको हो । थाहा नगरपालिकमा रहेको टिष्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोश्रो तथा हेटौंडा (चौघडा) स्वास्थ्य चौकी तेश्रो भएका थिए । स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड अनुसार आर्थिक बर्ष २०७९÷८० मा स्थानीय स्वास्थ्य संस्थाहरु मध्ये उत्कृष्ट भएकाहरुलाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो

स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले क्रमशः प्रथम, द्धितिय र तृतिय हुनेलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ६ वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, राजेन्द्र भक्त श्रेष्ठ, हेमकुमार थिङ, हेटौंडा उपमहानगरपालिकाका भिम प्रसाद तिमल्सिना लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लाका ९ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।