हेटौंडा । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान श्रीमतीले नै झुन्डिएर आत्माहत्या गरेको अवस्थामा भेटिएका छन् ।

७८ बर्षिय कृष्णप्रसाद दाहाल र निजकै श्रीमती ७४ बर्षिया नन्दकुमारी दाहालले आफ्नै तिन तले पक्की घरमाथीको ट्रसले छाएको पुजा कोठामा दुबैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।