हेटौंडा । चितवनमा रहेको अजिङगरे सामुदायिक वनका पदाधिकारीहरुले हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन । विभिन्न जिल्लाहरुमा रहेका सामुदायिक वन समूहहरले गरेको कार्यहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको अजिङगरे सामुदायिक वनका सदस्य दुर्गालाल अर्यालले बताए ।
कार्यक्रममा रानी सामुदायिक वनका सचिव नानीमायाँ रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल र सव टिभिजन वन कार्यालय, हर्नामाडीका सहायक वन अधिकृत दीपक पुडासैनीले सहजीकरण गरेका थिए ।
सहभागीहरुलाई वन ब्यवस्थापन, सदुपयोग, वृक्षारोपण, संस्थागत विकास,आयआर्जन, पर्यापर्यटकीय क्षेत्रमा गरिएका क्रियाकलाप, वनडढेलो नियन्त्रण, महिला सहभागिता, सामाजिक कार्यहरु, छात्रवृति, वातावरणीय क्षेत्रमा गरिएका कामहरु लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।
समूहले निर्माण गरेको डकुमेन्ट्री, लोपोन्मुख सालकको संरक्षण लगायतका विषयहरुमा समेत सहभागीहलाई जानकारी गराइर्एको थियो । अजिङगरे सामुदायिक वनकी उपाध्यक्ष ठूलीमाया तामाङको नेतृत्वमा आएको भ्रमण दलमा समूहका कार्यसमितिका पदाधिकारी, सल्लाहकार, उपभोक्ता समेत गरि ३० जनको सहभागिता थियो ।












प्रतिक्रिया दिनुहोस्