हेटौंडा । हेटौंडा–४, मा रहेको भूटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय)ले एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमै एक कार्यक्रमबा बीच एसईईमा सहभागी विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान एवं सम्मान गरेको हो ।
भूटनदेवी माविबाट एसईईमा सहभागी ५ जनाले (ए प्लस) ३.६–४.० जीपीए, ३४ जनाले (ए) ३.२०–३.६० जीपीए, ४५ जनाले (वी प्लस) २.८०–३.२० जीपीए, ५६ जनाले (वी) २.४०–२.८० जीपीए, ४८ जनाले (सी प्लस) २.०–२.४० जीपीए, १५ जनाले (सी) १.६०–२.०० जीपीए र १ जनाले १.२०–१.६० जीपीए ल्याएका थिए ।
ए प्लस जीपीए ल्याउने पाँच जना विद्यार्थीहरु क्रमशः दावा शेर्पा, यादव रविना अधिकारी, अभिलेष कुमार यादव, रवि कुमार यादव, शुभवराज साह सहित २०३ जना विद्यार्थीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।
“शिक्षामा स्वच्छ प्रतिष्पर्धा, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ भूटनदेवी माविले गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयका प्रध्यानाध्यापक माधवप्रसाद दाहालले बताए । उनले सिभिल इन्जिनियरिङ्ग बाहेक अन्य संकायमा एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई भर्ना तथा मासिक शुल्कमा छुटको व्यवस्था पनि गरिएको बताए ।
२०१६ सालमा स्थापना भएको जिल्लाकै पुरानो सामुदायिक विद्यालय भूटनदेवी माविले २०६० सालदेखि कक्षा ११ र १२ मा शिक्षा, मानविकी र वाणिज्य विषयका कक्षाहरु संचालन गर्दै आईरहेको छ । एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले २०७० सालदेखि विद्यालयतह (कक्षा९–१२) मा प्राविधिक शिक्षा, २०७६ सालदेखि ३ बर्षे डिप्लोमा सिभिल इन्जियरिङ्ग र दश जोड दुईमा विज्ञान बिषय सञ्चालनमा ल्याएको प्रअ दाहाले अनिरुद्र खबरलाई जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वादोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक माधव प्रसाद दहाल, सह–प्रध्यानाध्यापक भरत पोखरेल, विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण कँडेल, शिक्षक अभिभावक संघ अध्यक्ष नारायण प्रसाद तिमल्सिना, शिक्षक खडानन्द चौलागाई, दश जोड दुई संयोजक राम श्रेष्ठ, अभिभावक मुक्तिनाथ पुडासैनी लगायतकाको उपस्थिती रहेको बालकृष्ण दाहालले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्