हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल संचालक सहित सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गेष्ट हाउस संचालक हेटौंडा–२ बस्ने ४१ बर्षीय बिक्रम श्रेष्ठ सहित ७ जना महिलालाई नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले गेष्ट हाउसबाट हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटर बस्ने २६ बर्षीय प्रमिला लामा, हेटौंडा–११ थानाभ¥र्याङ बस्ने २२ बर्षीय पुजा लामा, भिमफेदी गाउँपालिका २ बस्ने २३ बर्षीय ममता लामालाई होटलबाट नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरी ईटहरी नगरपालिका १० बस्ने २१ बर्षीय बिनिता राई, धरान उपमहानगरपालिका–१० बस्ने २० वर्षीय सुवर्ण राई, चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ बर्षीय आशु दराई, ईलाम माई नगरपालिका ८ बस्ने २६ बर्षीय मन्जिला शेर्पालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका होटल संचालक र युवतीहरु सार्वजनिक गरेपनि संगै पक्राउ परेका पुरुषहरुको नाम भने सार्वजनिक गरेको छैन ।

https://anirudrakhabar.com/2023/07/17/%e0%a4%b9%e0%a5%87%e0%a4%9f%e0%a5%8c%e0%a4%82%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%a8-%e0%a4%97%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%b9%e0%a4%be/