हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा–२३, चुरियामाई नजिकै हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज साझ प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको बाँया साईडबाट अन्दाजी ३० फिट तल खस्दा मोटरसाईकल चालक मकवानपुर हेटौंडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङ घाईते भएका थिए । उनको शरिरको बिभिन्न भागमा चोट लागि हेटौंडा सरकारी अस्पताल मकवानपुरमा उपचारको क्रममा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घट्नाबारे अनुसन्धान भईरहेको र मोटरसाईकल घट्ना स्थलबाट ल्याउने तयारी भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्