हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता बहादुरसिं लामाले गत असोज १ गते संसदीय दलको सचेतकमा लम्साललाई नियुक्त गरेका हुन् ।
लम्साललाई सचेतकमा असोजमा नियुक्त गरिए पनि सार्वजनिक भए गरिएको थिएन । नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा (१) बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो ।
गत पुसमा संसदीय दलको नेतामा निर्वाचित भएसँगै लामाले दोलखाबाट निर्वाचित संासद कुन्दनराज काफ्लेलाई दलको प्रमुख सचेतक नियुक्त गरेका थिए । करिब २ महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा काफ्लेले जिम्मेवारी सम्हालेका थिए । सो समयमा प्रदेश सरकारको नेतृत्व एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रले गरेको थियो । राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण फेरिएसँगै गत चैतमा कांग्रेस सरकारको समर्थन गर्दै सत्तारुढ दल बनेको थियो ।












प्रतिक्रिया दिनुहोस्