हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ रामधुनी चोकमा मोटरसाइकलले ठक्कर दिदा एकजना पैदलयात्री घाइते भएका छन् ।
बिहीवार साँझ ८ बजेर ३० मिनेटको समयमा धरान–चतारा सडक खण्डमा हेटौंडाबाट ठुलोदमार तर्फ जार्दै गरेको बा.प्र.०३–००४प २७८२ नं.को मोटरसाइकलले ठक्कर दिदा पैदलयात्री घाइते भएका हुन् ।
ठक्करबाट पैदल यात्री हेटौंडा–१८ का मग्राती टोल निवासी अन्दाजी ५८ बर्षिय हिम बहादुर मग्राती घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रदेश प्रहरीका अनुसार उनको टाउकोमा चोट लागेको छ र उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको छ ।
मोटरसाइकल चालक सोही स्थान बस्ने ३० बर्षिय राधेश्याम आचार्य प्रहरीको सम्पर्कमा रहेको र ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्