हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आइतवारसम्म दश लाख सङ्कलन भएको छ ।

सप्ताहमा हेटौँडा–६ निवासी पूर्णभद्र चौलागाई र रन्जिता चौलागाईले ५५ हजार ५ सय ५५, विनोद तायल हेटौँडाबाट ५१ हजार, रक्षादेवी टोल विकास संस्था हेटौँडा–६ बाट ३४ हजार, नेपाली काँग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटौँडा–६ घर भै हाल फिनल्यान्ड निवासी सोम प्रसाद चौलागाईबाट १५ हजार ५ सय, भुलभुले टोल विकास संस्था, हेटौँडा– ६ बाट १५ हजार, हेटौँडा–६ निवासी साधुराम चौलागाईबाट १२ हजार ५ सय र गोविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको छ ।

त्यस्तै हेटौँडा–१७ का वडा सदस्य नवराज न्यौपानेबाट १२ हजार ३ सय, सरस्वती पुडासैनी हेटौँडा ६ बाट ११ हजार, तारानाथ खतिवडाबाट ११ हजार, फतबहादुर पाठकबाट ११ हजार, बिमल पुडासैनीबाट ११ हजार, बासुदेव अधिकारीबाट ११ हजार, विपिन तिमल्सिनाबाट ११ हजार, गिता कुमारी चौलागाईबाट ११ हजार रकम प्राप्त भएको आर्थिक समिति संयोजक उद्वव प्रसाद गौतमले बताए ।

हेटौँडा–६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ १५ गतेसम्म सञ्चालन हुने संयोजक केशव धितालले बताए ।

युवा पण्डित बद्री विशाल शास्त्री ढुङ्गाना र निर्जल पौडेल उपवाचकबाट सुमधुर संगितका साथ दैनिक प्रवचन भैरहेको हुदा समस्त धर्मप्रेमी महानुभाहरुलाई प्रवचन श्रवणको लागि उपस्थित भई दिनुहुन आयोजक समितिले अनुरोध गरेको छ ।

भीमसेन पौडेल
थप जानकारी