हेटौँडा । हेटौँडा–१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यही फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला गर्ने भएको छ । मङ्गलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले मनाउन लागेको वार्षिक उत्सव तथा अभिभावक भेलाको बारेमा जानकारी दिइएको हो । उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गर्ने कार्यक्रम तय भएको छ ।

वार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना गरिने प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए । बार्षिक उत्सव कार्यक्रममा शिक्षक, कर्मचारी सम्मानका साथैँ सप्ताहव्यापी कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिने भएको छ ।

भेलामा होटल म्यानेजमेन्ट संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले खाना महोत्सव आयोजना गर्नुका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनी समेत हुने उनले बताए । हाल यस विद्यालयमा एकहजार एकसय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।