हेटौंडा । विभिन्न सामुदायिक वन समूहहरुले गरेका कार्यहरुको अवलोकन गर्न आएको कपिलबस्तुमा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले हेटौंडामा रहेका २ वटा सामुदायिक वनको अवलोकन गरेका छन ।
सो समूहले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको अवलोकन गरेका हुन । अवलोकनकर्ताहरुलाई स्वागत गर्दै रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यालय सचिव पौडेलले समूहको ऐतिहासिक पृष्ठभूमि, वनको व्यवस्थापन, सदुपयोग, आयआर्जन, सामाजिक कार्य, संस्थागत विकास, महिला सहभागिता, पर्यापर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
बुद्ध सामुदायिक वनका अध्यक्ष नारायण घिमिरेको नेतृत्वमा आएको भ्रमण दलमा समूहका पदाधिकारी, उपभोक्ता र कर्मचारी समेतको सहभागिता थियो । भ्रमण टोलीले समूहद्वारा निर्माण भैरहेको विपि गणेशमान शान्ति पार्कको समेत अवलोकन गरेका थिए ।
यसैगरि सो समूहले चुच्चेखोला सामुदायिक वनको पनि अबलोकन गरेको थियो । सो अवसरमा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।












प्रतिक्रिया दिनुहोस्