हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट अवैध चिनी र पटका बरामद गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको बा ४९ प १२८० नम्वरको मोटरसाइकलमा सवार ब्यक्तिले बोकेका झोलाबाट मंगलबार बिहान सवाँ ९ अवैध चिनी र पटका बरामद गरेको हो ।

चिनी १ बोरा अन्दाजी ५० किलो, नागिन पटका १२ वटा पोका (८,४०० पिस ),चक्कर पटका १ प्याकेट (१० पिस), बुलेट बम पटका –२ प्याकेट (२० पिस) र फूल कोन पटका १ प्याकेट (८ पिस) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद चिनी र पटकालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।