![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2023/12/photo-2-5-1024x576.jpg)
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महशुल नतिरेका कारण एनसेलको ६ वटा टावरको लाईन काटेको छ ।
पालुङ प्राधिकरणले वढि वक्यौता भएका सिमभन्ज्याङ्ग,कुलेखानी देउराली र सल्ले,फाखेल,मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाईन काटेको हो ।
पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाईन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए ।
एनसेललाई पनि वक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाईन काटिएको र सबै टावरको महशुल नबुझाए क्रमशः सबै टावरको लाईन काटिने पनि प्रमुख न्यौपानेले बताए ।
वक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेको छ भने लाईन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्