हेटौंडा । मकवानपुरमा बुधवार विहान अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–४ बस्ने ३६ वर्षीय देवी बहादुर घिमिरे (सुमन) रहेका छन ।

विहान ६ बजेर १५ मिनेटको समयमा मकवानपुरगढी ज्वालादेवी स्थित सडक खण्डमा धादिङबजार तर्फ बाट ज्वालादेबी तर्फ आउदै गरेको ना २ ह ५२६८नं. अटो अनियन्त्रित भई पल्टदा अटो चालक गम्भीर घाइते भएका थिए ।

घिमिरेको निधार र टाउकोमा चोट लागेकोमा उपचारका लागी हेटौँडा अस्पताल ल्याईएकोमा विहान ६ बजेर ५८ मिनेटमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । शव पोष्टमाटमका लागि हेटौँडा अस्पतालमा राखिएको छ भने घट्ना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।