हेटौँडा । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मङ्गलबार साँझ उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको एकादशी समूहकी अध्यक्ष रिता कँडेल तिवारीले जानकारी दिइन् ।
सो अवसरमा भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा देवी पराजुली, गीता न्यौपाने, सङ्गीता कार्कीलगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्