हेटौंडा । हेटौंडा–४, भूटनदेवी विद्यालयको मोडमा सोमवार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

एक घरमा डेरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ सोमबार बिहान सुत्ने कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागी हेटौँडा अस्पतालमा राखिएको छ । प्रहरीले मृतकको परिवारलाई घटना बारेमा जानकारी गराएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।