हेटौंडा । महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर क्षेत्रका ९० जना स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा.ललिता पाण्डे र डा ज्योति कुमारी साहले आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत प्रदान गरिने सेवा, अष्टाङ आयुर्वेद, आयुर्वेद र योग शिक्षा, जडिबुटी एवं खानपान, ऋतु चर्चाको बिषयमा प्रशिक्षण दिएका थिए ।

स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उप सचिव हरिकृष्ण फुँयाल लगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक विनोद कुमार साहले जानकारी दिनुभयो ।