हेटौँडा । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने प्रयासको थालनी गरेको बताएका छन। उनले प्रदेशसभाको गतिबिधिलाई युटुवमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेको स्मण गराउँदै प्रदेश सभाको गतिबिधिलाई काठमाडौँका दृश्य प्रदर्शन इकाईमार्फत् पनि प्रसारण गर्ने तयारी भईरहेको जानकारी दिए ।

प्रदेश सभा सचिवालयको आयोजनामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै संसदले जनताको भावना उजागर गर्नुपर्नेमा जोड दिदै सभामुख पाठकले पत्रकारले पनि गलत भएका विषयलाई सुधार्न सकारात्मक सुझाव दिनुपर्नेमा जोड दिए । हरेक मान्छेले गल्ती गर्छ, त्यो गल्ती नदोहोर्या मात्रै सफल भइन्छ, सभामुख पाठकले भने ।

पछिल्लो समय पत्रकारिताको स्वरुपमा परिर्वतन आएको जिकिर गर्दै उनले २०४६ र २०६२, २०६३ पछि आम संचार माध्यमको विकासमा ठुलो परिर्वतन आएको बताए। आमसंचारको विकाससँगै नयाँ चुनौति थपिएको जिकिर गर्दै हिजोको दिनमा पत्रपत्रिका, टेलिभिजन र रेडियो सुनेर हेरेर दृष्टिकोण बनाएकोमा अहिले सामाजिक संजाल हेरेर आम नागरिकले आफ्नो धारणा बनाउन थालेको उनकाे भनाइ छ ।

अहिले विश्वमा इन्टरनेट शक्तिशाली बनेको बताउँदै गलत सूचना प्रवाह हुनसक्ने चुनौति रहेको उहाँको भनाइ छ । प्रविधिको युगमा त्यसलाई सही प्रयोग गर्न सकेमात्रै समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिने उहाँको तर्क छ । कार्यक्रममा संसदीय पत्रकारिता गरिरहनुभएका पत्रकार हरीबहादुर थापा र राष्ट्रिय सभाका पूर्बसचिव राजेन्द्र फुँयालले कार्यपत्र प्रस्तुती गरेका थिए भने संसदीय पत्रकारिता गरिहरनुभएका संचारकर्मीहरुको सहभागिता रहेको थियो । गाेरखापत्रबाट