हेटौंडा । ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौंडा–११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष आशा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए ।

सहकारी संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा ऋण उपसमिति संयोजक अञ्जु गुरागाई लगायत संस्थाको संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र बिभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाकी अध्यक्ष आशा अधिकारीले बताइन् ।

“सहकारीमा सुशासन: प्रविधि र एकीकरण” भन्ने नाराका साथ यसबर्ष पनि चैत्र २० गते देशभर विविध कार्यक्रम गरी सहकारी दिवस मनाईने कार्यक्रम रहेको छ ।