![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/04/hawa-huri_-1024x576.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/04/hawa-huri_-1024x576.jpg)
हेटौंडा । आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षति पुगेको छ । आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३ सिमपानी सिरानोटोलमा ४ वटा घरमा क्षति पुर्याएको हो ।
हावाहुरीले स्थानीय ४५ वर्षीया गोमा मोक्तान को घरको छानाको टायल खसेर क्षती पुगेको छ भने स्थानीय ५७ वर्षीया माया रुम्बाको घरको छानाको टायल उडाएर क्षती भएको जनाइएको छ ।
त्यसैगरी स्थानीय ४५ की रुमा मोक्तान घरको टायल उडाएको छ। हावाहुरीले स्थानीय ६९ वर्षीया पञ्च माया मोक्तानको गोठ पुर्ण रुपमा भत्किएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हावाहुरीले मानवीय क्षति भने नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्