
हेटौंडा । हेटौंडामा एक जना युवक मृत भेटिएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा उपमहानगरपालिका–१०, न्युरेनी जंगलमा २७ बर्षीय सुनिल थिङ झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मनकामना चोकमा बस्दै आएका उनी भेलौरीको रूखमा झ्यालमा लगाउने पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल मुसुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Visited 7,371 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्