
हेटौंडा । हेटौंडा–काठमाडौं कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका वडा नं. ११ घट्टेपाखामा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०१००३ क ८७७४ नम्बरको सिमेन्ट लोड गरेको टिपर आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोकिन गई दुर्घटना हुँदा टिपर चालक बकैया–८ बस्ने २७ बर्षिय सौरभ स्याङ्तान घाइते भएका हुन । उनको बाया हात र दाहिने खुट्टामा चोट लागेको छ ।
उनको हाल काठमाडौं पाटन अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
Visited 181 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्