हेटौंडा । बिद्यार्थीहरुलाई डढेलोको बारेमा जानकारी गराउने उद्वेश्यका साथ हेटौंडा ६ चौघडामा रहेको प्रज्वल शिक्षा सदन ईङलिश स्कूलले दैवी प्रकोप सम्वन्धि वन डढेलो नियन्त्रण सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए । वन डडेलो लाग्दा वातावरणमा प्रतिकुल असर पर्ने, जङगली जनावर, चराचुरुङ्गीको बासस्थन नष्ट हुने, जैविक विविधता , गैर्हकाष्ट वन पैदावार नाश हुने, काठ, दाउरा नष्ट हुने लगायतका विषयहरुमा विधार्थीहरुलाई जानकारी गराईएको थियो ।

प्रज्वल शिक्षा सदन बाल क्लवका अध्यक्ष विधा भूषण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा ६ का वडा सदस्य लेखराज ढकाल विधालयका प्रिन्सिपल गणेश कुमार श्रेष्ठ , वडा स्तरीय बाल सञ्जाल अध्यक्ष रोजी सुवेदी, शिक्षक लक्ष्मी श्रेष्ठ , निर्मला श्रेष्ठ , आर्जन पुडासैनी, विधार्थी सलिना मानन्धरले वनडढेलो नियन्त्रणमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कक्षा ३ देखि ५ सम्मका विधार्थीहरुको सहभागिता थियो ।