हेटौंडा । आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ ।

सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर बिहीवार साँझ थाहा नगरपालिका–७ नं.वडा कार्यालयको झ्यालमा आगो लाग्दा ११ लाख बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आगालागीबाट वडा कार्यालयको दुईवटा झ्याल, सोफा, इन्टरनेटको कन्ट्रोल बक्स, सोलार प्यानल ६ थान, ब्याट्री २ थान र तारहरु जलेर नष्ट भएको छ । प्रहरी, नगर प्रहरी, थाहा नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा करिव २ घण्टा ३५ मिनेट पछि आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।