हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं.१९ सान्नानिटारमा शनिबार ट्याङ्करको छतबाट खसेर एक जना घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार ब्रम्हस्थानी फ्युल सेन्टर नजिकै बा.प्र. ०३–००१ ख २३०७ नम्बरको तेल ट्याङ्कर धुने क्रममा ट्याङ्करको छतबाट अचानक लड्न जाँदा ट्याङ्कर चालक सान्नानिटार बस्ने बर्ष ६० को राजन रेग्मी घाइते भएका हुन ।

प्रहरीका अनुसार रेग्मीको दाहिने खुट्टामा चोट, पछाडी मेरुदण्ड र पछाडीको करङ्ग भाँचिएको,अवस्था बोल्न सक्ने रहेको छ । उनको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।