हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १३ मा बुधवार दिउसो परेको चट्याङले क्षति पुगेको छ । 

हेटौँडा–१३ सक्रिय टोल बस्ने पातली माया थिङको जस्ताले छाएको घरमा बिजुलीको मिटरमा चट्याङ परी घर भित्र रहेको स्टेन पङ्खा दुई थान, ३२ ईन्चको टिभि एक, इन्टरनेट बक्स, बिजुलीको मिटर जलेर क्षथि भएको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मानवीय तथा घरमा अन्य क्षति नभएको प्रहरीको भनाइ छ ।