हेटौँडा । सामुदायिक विद्यालयप्रति आकर्षण, विश्वास र भरोसा बढ्दै गएको छ । पछिल्लो समय हेटौँडामा रहेका सामुदायिक विद्यालय शिक्षक, अभिभावक, विद्यार्थीको रोजाईको केन्द्र बनेको हो । माध्यमिक शिक्षा परीक्षा (एसइइ को नतिजामा समेत सामुदायिक विद्यालय अब्बल सावित भएका छन । 

हेटौँडा–४ मा रहेको जिल्लाकै पुरानो र उत्कृष्ट सामुदायिक विद्यालय मध्यको एक हो, भुटनदेवी मावि । यहाँ अध्यापन गराउने अधिकांश शिक्षकले आफ्ना छोराछोरी यही विद्यालयमै भर्ना गरेका छन । शैक्षिक सुधार हुनेदेखि आफैले अध्यापन गराउँदा अझै राम्रो नतिजा हासिल हुने विश्वासका साथ यहाँका शिक्षक-शिक्षिका सबैको रोजाइमा यही विद्यालय छ । 

भुटनदेवी माविमा अध्यापन गराउने आधा दर्जनबढी शिक्षक-शिक्षिकाले आफ्ना छोराछोरी सोही विद्यालयमा पढाएका हुन । विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दहालले आफ्ना सन्तान कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ भुटनदेवी मै पढाएका थिए । त्यस्तै विद्यालयका शिक्षक श्याम शर्माले आफ्नी छोरी सर्वज्ञा बजगाईँ र छोरा आरुस बजगाईँलाई भुटनदेवीमै पढाएका छन । 

त्यस्तै  विद्यालयका सहायक प्रधानाध्यापक वेदराज कोइरालाका छोरीहरू भाषिका कोइराला कक्षा ९ मा अध्ययनरत छिन भने भारवि कोइराला कक्षा १ मा अध्ययनरत रहेका छन भने शिक्षिका सरस्वती अधिकारीको छोरी सरगम अधिकारी पनि यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छिन् ।कोइराला

विद्यालयका सहायक प्रध्यानाध्यापक भरत पोखरेको छोरी प्रिन्सा पोखरेल कक्षा १० मा अध्ययनरत छिन । नेपाली शिक्षिका संगीता गौतमको छोरा र छोरी दुबै जना यही अध्ययनरत रहेका छन । उनको छोराले सिभिल कक्षा १२ को र छोरी हाल कक्षा १० मा अध्ययनरत छन । विद्यालयका शिक्षक मुकेश मिश्रको रोजाई पनि आफैले अध्यापन गराइरहेको विद्यालय नै रहेको छ । उनको छोरा इशान्त मिश्र कक्षा ११ को विज्ञान सङ्कायमा अध्ययनरत छन ।

शिक्षिका लिलादेवी तिम्सिनाको छोरा विलक्षण दाहालपनि हाल कक्षा ९ सिभिलमा अध्ययनरत छन । विद्यालयमा कार्यरत आया र मालीले समेत आफ्ना सन्तान भुटनदेवी माविमै पढाएका छन ।

आफूले आफैंलाई विश्वास गरेकाले आफूले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाएको भुटनदेवी माविका सहायक प्रध्यानाध्यापक वेदराज कोइरालाको भनाई छ । “म आफूले आफैंलाई विश्वास गरेको हुँ, यहाँका शिक्षक साथीहरूको योग्यता, क्षमता र लगनशीलतामा विश्वास गरेको हुँ,”–सहायक प्रअ कोइरालाले भन्नुभयो । भुटनदेवी माविको राम्रो शैक्षिक वातावरण भएको र सामुदायिक विद्यालयमा राम्रो सिकाइ हुन्छ भन्ने सन्देश दिन पनि आफैले अध्यापन गराएकै विद्यालयमा आफ्ना सन्तान पढाएको उनको तर्क छ । जिल्लामा पछिल्लो समय अधिकांश अभिभावकले पनि सामुदायिक विद्यालय नै रोज्ने गरेका छन । यस विद्यालयमा जिल्लासहित छिमेकी प्रदेशका विद्यार्थीको पनि रोजाईको केन्द्रबिन्दु बनेको छ ।

भुटनदेवी मावि नै किन रोज्ने ?

–शैक्षिक सत्र २०८० को एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट हुन सफल भएको
–यस विद्यालयमा अध्यापन गर्ने सबै शिक्षकहरूले आफ्ना बाबुनानीहरुलाई आफ्नै विद्यालयमा भर्ना गरी शैक्षिक गुणस्तर अझ माथि उठाउन क्रियाशील भएको अतिरिक्त तथा सहक्रियाकलापसहित सस्तो, सुलभ र गुणस्तरीय शिक्षाको प्रतिबद्धता भएको
–विद्यार्थीको चाहना बमोजिम कक्षा ११ मा कम्प्युटर साइन्स विषय पनि पढाइ हुने –अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र सुविधा सम्पन्न पुस्तकालय भएको एसइइ परीक्षामा ३.२१ र सोभन्दा माथि जिपिए ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृति, जिपिए २.४१ देखि ३.२ सम्म ल्याउनेलाई भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छात्रवृति तथा जिपिए १.६ देखि २.४ सम्म ल्याउनेलाई २५ प्रतिशत मासिक शुल्कमा छात्रवृत्तिको व्यवस्था भएको
–आर्थिक रुपमा अति विपन्न र जेहेनदार विद्यार्थीलाई केही विशेष सुविधा भएको
भर्ना फारम धमाधम वितरण भैरहेको ।
–साइन्स र कमर्सको कक्षा संचालन श्रावण १३ गतेदेखि हुने
–कक्षा ११ सिभिलको भर्ना फारम भर्ने समय २०८१ असार ३१ गतेसम्म र प्रवेश परीक्षा २०८१ श्रावण २ गते बिहान ११ः०० बजे
CTEVT इन्जिनियरिङ्को भर्ना फारम भर्ने समय २०८१ श्रावण १३ गतेसम्म र प्रवेश परीक्षा २०८१ श्रावण १९ गते दिउँसो १ः०० बजे

Visited 2,122 times, 1 visit(s) today