हेटौँडा–११,थानाभर्याङ स्थित राप्तीखोलामा एक पुरुषको शव फेला परेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मङ्गलवार दिउँसो सुकुम्बासीटोल नजिकै राप्ती खोलाको बगरमा नामथर वतन नखुलेको अन्दाजी ३५ बर्षिय पुरुषको शव फेला परेको हो ।
राप्ती खोलाले बगाई ल्याएको अवस्थामा फेला परेको शवको मुचुल्का पश्चात पोष्र्टमाटमका लागि हेटौँडा अस्पताल पठाइएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस्