हेटौँडा । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्य सहित नेपाली काँग्रेस मकवानपुरका नेता प्रभात दाहालले महावीर पुनका एक सय पुस्तक खरिद गरेका छन् । 

वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उद्देश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनको एकसय थान पुस्तक दाहालले शुक्रवार खरिद गरेका हुन् । ७५० रुपियाँ नेपाली मूल्य रहेको पुस्तक बिभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तिलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताए । 

यसै आफ्नो व्यक्तिगत खर्चलाई कटाएर नेपालमै केही गरौँ भन्ने युवापुस्तालाई अध्ययनका लागि दिने सोच रहेको उनले बताए । करिब ७५ हजार रुपियाँको लागतमा पुस्तक गरिएको नेता दाहालले बताए ।