हेटौँडा । मनहरीमा जङ्गली हात्तीले घरमा क्षति पुर्याएको छ ।

शनिवार राती साढे नौ बजे मनहरी गाउँपालिका–८, सिमपानीस्थित माइला चेपाङको जस्ताले छाएको काठको एक तले घर आंशिक क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मध्यवर्ती क्षेत्र पर्सा पदमपोखरी सेक्टर लामिटारबाट नेपाली सेनाको टोली, प्रहरी र स्थानीय पुगेका थिए । रातिनै स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको छ भने मानवीय क्षति भएको छैन ।