
हेटौँडा । काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन्। सोमबार दिउँसोको अविरल बर्षाका कारण सडकमाथीबाट खसेको लेदोका कारण सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटारस्थित कान्तीलोकपथमा बर्षाका कारण लेदो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ। अपरान्ह ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो।
बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यलय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फाष्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ।
यस्तै जिल्लाको कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथीबाट लेदो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको छ। उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्