हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ प्रतापपुरमा सोमबार दिउँसो चट्याङ लागेर एकजना घाइते भएका छन ।

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा चट्याङ लागेर अन्दाजी ६० बर्षिय पदमा श्री लामा घाइते भएका हुन ।

एक्कासी चट्याङ लागेर घाइते भइ उपचारका लागि मनहरी अस्पतालमा ल्याइ उपचार भइरहेको गरिएको छ । उपचार पश्चात सोमबार साझ नै डिस्चार्ज भई घर गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।