हेटौँडा । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

हेटौँडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा सदस्य पौडेलले महिलाहरुको महत्त्वपूर्ण चाडको रुपमा रहेको तीजलाई धर्म र संस्कृतिको मर्म र भावना अनुसार मनाउनु पर्नेमा जोड दिए । नेपालीहरुले मनाउने चाड पर्व विश्वको लागि अनुकरणीय रहेको बताउँदै चाड पर्वलाई भडकिलो नवनाई साधारण तरिकाले मनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, सुजना टोल विकास संस्थाकी अध्यक्ष जीव कुमारी पौडेल, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, उन्नति महिला समूहकी अध्यक्ष विमला कुमारी दङगाल, एकता महिला समूहकी अध्यक्ष गौरी सुवेदी, नमुना महिला समूहकी अध्यक्ष राधिका सापकोटा , समूहकी सचिव नानी माया रुम्बा, कोषाधयक्ष गोमा लामिछाने, कार्यालय सचिव भीमसेन पौडेल, विभिन्न समूहका पदाधिकारी, उपभोक्ता लगायतको सहभागीता थियो ।

सो अवसरमा समूहले दर खुवाउने कार्यक्रम समेत गरेको थियो । समूहले हरेक वर्ष तिज विशेष कार्यक्रम गर्दै आएको छ ।