
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलस्थित राप्ती खोलामा एक युवकको शव भेटिएको छ ।
राप्ती खोलामा भेटिएको शव हेटौंडा उपमहानगरपालिका–१ लालझाडीका ३५ वर्षीय राजकुमार ब्लोनको भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
राप्ती खोलाको ढुङ्गामा युवकको शव अडिएको अवस्थामा थियो । स्थानीयवासीले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्