
हेटौडा । नेकपा एमाले हेटौंडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित भएका छन् । प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ लाई ४३ मतान्तरले पराजित गर्दै युवानेता कार्कीका उपमहानगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
कार्कीले कुल खसेको ३ सय २७ मत मध्ये १ सय ७६ मत प्राप्त गरे । श्रेष्ठले १३३ मत पाए । उपाध्यक्षमा राजकुमार बास्तोला विजयी भए । उपाध्यक्षमा भने ३ जना प्रतिस्पर्धी थिए । १ सय ९७ मतसहित शान्ता गौतम (प्रदीप) सचिव पदमा विजयी भए ।
उपसचिवमा शान्ता कुमार तामाङ ७४ मतसहित विजयी भए । महिला उपसचिवमा चन्द्रावती पनेरु अधिकारी विजयी भइन् । लेखा संयोजकमा अशोक चौलागाई सर्वसम्मत भए । ३ सय ३४ प्रतिनिधिमध्ये ३ सय २७ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्