
हेटौँडा । मकवानपुरका दुई वटा पालिकामा रहेका भवन डिजाइन सम्बन्धी काम गरिरहेका प्राविधिकहरूलाई तालिम दिइएको छ । जिल्लाको हेटौँडा र मनहरीका ७४ जना प्राविधिकलाई लघु साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी डिजाइन सम्बन्धी तालिम दिइएको हो ।
हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीका बिल्डिङ इनर्जि इफिसेन्सी(बिन) परियोजनाले तालिम दिएको हो । हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेर काम गरिरहेका सरकारी निकायमा सूचीकृत कल्सन्टेण्ठका भवन डिजाइन गर्ने प्राबिधीकहरुलाई तीनदिने तालिम दिइएको हो ।
भवन निर्माण गर्दा जोखिम न्यूनीकरण, कम लगानीमा व्यवस्थित भवन निर्माणका बारेमा प्राविधिक तथा बित्तीय संस्थाहरुले कसरी घरको मुल्याङकन गर्छन भन्ने बारेमा ध्यान दिँदै तालिम प्रदान गरिएको बिन हेटौँडाका प्रमुख अस्मिता श्रेष्ठले बताइन। तालिममा सङ्गीता थापा, दिवस अधिकारी, सचिन, र अस्मिताले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाण पत्र हस्तान्तरण गरे । बिन परियोजनाका अध्यक्ष बिद्या आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौँडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन, उपमहानगरपालिका नक्सा शाखाका प्रमुख उद्धव रिमाल लगाएतको आतिथ्यता रहेको थियो । बिनले नेपालका विभिन्न ११ वटा पालिकामा सुरक्षित र ऊर्जा प्रभावकारी डिजाइन सम्बन्धी काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्