हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा बिहीबार अन्तर्संवाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरू सांसदहरू समक्ष राखेका छन् ।

मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौँडा–२ को आयोजना एवम् नर्बेजियन दूतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम  (युएनडिपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरूमा जनप्रतिनिधि र जनताका बिच अन्तर्संवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरू समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङको कार्यक्रममा विशेष आतिथ्य रहेको थियो । पाँचै जना सांसदहरूले वनकरियाका वषौ देखिका आफ्ना भोगाइ, अहिले सम्म परेका समस्याहरू राखेका थिए ।

कार्यक्रममा युएनडिपीका नीति तथा कार्यक्रम समर्थन ब्युरो उपसहायक प्रशासक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले वनकरिया समुदायका समस्याहरू सांसदहरू र आफूले बुझेको बताए । कार्यक्रममा सहभागी सांसदहरूले पनि वनकरियाहरुका समस्या बुझेकाले अब नीति निर्माण तहमा काम गर्नेमा आफूले विश्वास लिएको बताइन । कार्यक्रममा वनकरिया समुदायहरूले पनि आफ्ना समस्याहरू निर्धक्क भएर राखेका छन् ।

लोपोन्मुख जाती वनकारिया समुदायको समस्याका विषयमा बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ । वनकरिया समुदायका विविध सवालहरूमा जनप्रतिनिधि र जनताबिच अन्तर्संवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरूले वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिबद्धता जनाएका हुन् ।

निकुञ्ज क्षेत्रको जमिनमा बसोबास गर्दै आएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराइदिन गरेका उनीहरूको मागको सम्बोधन गर्दै प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरूले उनीहरूको न्यायका लागि सदन र समितिमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मनहरी गाउँपालिका–४ मुसेधापमा भएको कार्यक्रममा पत्रकार गोविन्द खड्काले कार्यक्रमको सहजीकरण गरेका थिए। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तान, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङ, अर्थ तथा विकास समितिका सदस्य सुना परियार र शिक्षा समतिकै समिता खड्कीले वनकरिया समुदायको सवालको जवाफ दिएका थिए ।