हेटौंडा। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ मकवानपुर आउने भएका छन् ।

आउँदो फागुन ३ बाट १२ गतेसम्म हुने सातौं संस्करणको बागमती गोल्डकपको उद्घाटनको लागि प्रचण्ड बागमती गाउँपालिकाको झुरझुरे आउने भएका हुन्।

प्रचण्डले सोही दिन बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशालाको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।