हेटौंडा । लागूऔषध खैरो हेरोईनसहित हेटौंडाबाट तीन जना पक्राउ परेको छ ।

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १ झोलुङ्गे पुल नजिकको चिया पसलबाट लागुऔषध खैरो हिरोईनसहित तीन जना युवकलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साझ हेटौंडा-१ झोलुङ्गे पुल नजिकको चियापसलबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ सामरी बस्ने बर्ष ३९ को सुबि गुरुङ, जिल्ला नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा नम्बर -३ घर भएका हाल मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५ स्थित चुन फ्याक्ट्रीमा काम गरि बस्ने ३४ बर्षिय सुरजकुमार पाण्डे र हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १ चौकीटोल बस्ने ३४ बर्षिय नवराज भट्टराई रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट ४ ग्राम २३० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

Visited 366 times, 1 visit(s) today