हेटौँडा। हेटौँडा उपमहानगरपालिका –११ सहिद स्मारकमा अरिङगालको टोकाइबाट आठ जना घाइते भएका छन् । मङ्गलबार बिहान कुल पूजाका लागि घरनजिक रहेको स्मारक जङ्गलमा (सहिद स्मारक पार्कभन्दा बाहिर) आगो बाल्ने क्रममा अरिङ्गालले टोक्दा उहाँहरू घाइते भएका हुन ।
अरिङगालको टोकाइबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ सहिद स्मारकका २२ वर्षीय शर्मिला गुरुङ, ७८ वर्षीय रनुमाया गुरुङ, ६१ वर्षीय क्षेत्रबहादुर गुरुङ, ३४ वर्षीय अमिला गुरुङ घाइते भएका हुन । त्यस्तै, सोही स्थानका ३७ वर्षीय कविता गुरुङ, ६५ वर्षीय कृष्णमाया गुरुङ, ६४ वर्षीय सुन्तलीमाया गुरुङ र १९ वर्षीय सन्जोग गुरुङ घाइते भए । उनीरूको शरीरको विभिन्न भागमा अरिङ्गालले टोकेको थियो ।
हेटौँडा अस्पतालमा उपचारपश्चात् सात जना डिस्चार्ज भएका छन भने रनुमायाको हेटौँडा अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्