हेटौंडा । हेटौडा–७ मा ज्येष्ठ नागरिक वडा मञ्च गठन भएको छ ।
शनिवार हेटौडा–७ नागश्वतीमा सम्पन्न भएको वडा भेलाले कोष बहादुर थापाको अध्यक्षतामा १० सदस्यीय ज्येष्ठ नागरिक वडा मञ्च सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा रुद्रनाथ घिमिरे, कोषाध्यक्षमा सीताराम न्यौपाने सर्वसम्मत चयन भएका हुन ।
यसैगरी सदस्यहरुमा जमुना देवी चौलागाई, प्रेम कुमारी खड्का, मिना कुमारी भट्ट, राम बहादुर तामाङ, माधव प्रसाद लामिछाने, मैयादेवी तुलाधर र रेन्द्र कुमारी महत चयन भएका हुन ।
मञ्च गठन ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुको आयोजना र हेटौडा उपमहानगरपालिकाको सहयोगमा भएको हो । कार्यक्रम टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–७ का अध्यक्ष युवराज गौतमको प्रमुख आतिथ्यता एवम ज्येष्ठ नागरिक जिल्ला संघ, मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्थानीय नारायण प्रसाद अधिकारी, ज्ञान प्रसाद चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो । मञ्चले हाल सम्म १३ वटा वडामा वडा मञ्च गठन गरिसकेको मञ्चका जिल्ला उपाध्यक्ष बुद्धि प्रसाद पौडेलले बताए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्