हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत भएको छ ।

मृत भेटिएका पुरुष भिमफेदी गाउँपालिका–६ देउराली बस्ने ३७ वर्षीय सन्त बहादुर भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान भोलन मनकामना जाने बाटोको जंङगलमा मृत भेटिएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालबाट ल्याईएको थियो । अस्पतालबाटै मृतक परिवारले शव बुझेको प्रहरीले जनाएको छ ।

https://anirudrakhabar.com/2023/06/03/%e0%a4%b9%e0%a5%87%e0%a4%9f%e0%a5%8c%e0%a4%82%e0%a4%a1%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a8%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a5%87-%e0%a4%ac/