काठमाडौँ । चितवन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक तुइखोलामा खसेको पहिरो पन्छाउन सकस परेको छ ।
आज पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सम्भावना नदेखिएपछि वैकल्पिक बाटो अपनाउन सवारी साधनलाई अनुरोध गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको र आजै पन्छाउन सम्भव नदेखिएकाले वैकल्पिक मार्ग अपनाउन अपिल गरेका हुन् ।
तुइन खोलामा शुक्रबार साँझ पहिरो खसेपछि बाटो बन्द छ । बिहानपख फेरि सोही ठाउँमै झनै ठूलो पहिरो खसेपछि बाटो पूर्ण रुपमा बन्द भएको हो ।
माथिबाट निरन्तर ढुंगाहरु खसिरहेका कारण काम सुरु नै गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । काम सुरु भएमा पनि पहिरो पूर्ण रुपमा सफा गर्न झण्डै १० घण्टाजति लाग्न सक्ने अर्यालले बताए ।












प्रतिक्रिया दिनुहोस्