हेटौंडा । शनिवार बिहान ८ बजेदेखि हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।

मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् । वडा नम्बर १,२ वडा नम्बर १८ र १९ को एकै पटक मतगणना सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

मतगणना कडा सुरक्षा घेरामा सुरु गरिएको छ । १लाख ४ हजार ४७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४१३ मत खसेको थियो ।