हेटौंडा । थाहा नगरपालिका वडा नम्वर १ को सम्पन्न मतगणनामा अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित विजयी भएका छन् ।
गोपालीले ८ सय ६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका थिए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका थिए । वडा नम्वर १ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको हो ।












प्रतिक्रिया दिनुहोस्