हेटौंडा । स्थानीय निर्वाचन मत गणना अन्तर्गत बकैया गाउँपालिकामा ५ सय मत गाणना भएको छ ।
वडा नंबर १ को ५ सय मत गणनामा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट कांग्रेसबाट अध्यक्षका उम्मेद्वार धर्मराज लामिछानेले २३२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
नेकपा एमालेबाट अध्यक्षको उम्मेद्वार सरला बोलखेले १ सय ४३ मत प्राप्त गर्दै लामिछानेलाई पछाईरहेकी छन् ।
यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेद्वार भक्त बहादुर खत्रीले २७१ मत प्राप्त गरेका छन् भने एमालेबाट उपाध्यक्ष उम्मेद्वार लालबहादुर स्याङ्तानले १४९ मत ल्याएका छन् ।
यसैगरि,वडा अध्यक्षमा माओवादीका आशिश तितुङले २३०,एमालेका टेक बहादुर भोम्जनले १ सय ४८ र कांग्रेसका कामी सिं मुक्तानले ९७ मत ल्याएका छन् ।












प्रतिक्रिया दिनुहोस्