हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामा ९३ मतले अगाडि रहेकी छिन् ।
८१७१ मत गणना हुँदा लामाले २४४२ मत ल्याएकी छिन् भने नेकपा एमालेका अनन्त पौडेलले २३३६ मत ल्याएका हुन् । राप्रपाका दिपक बहादुर सिंहले २३६० मत ल्याउँदै दोस्रो स्थानमा छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँले ३५६२ मत ल्याएका छन् भने एमालेकी सुमित्रा काफ्लेले २७६६ मत ल्याएका छन् । राप्रपाकी इन्दिरा डल्लाकोटीले ७०५ मत ल्याएका छन् ।












प्रतिक्रिया दिनुहोस्