हेटौंडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थगित भएको परीक्षा असार १ गतेदेखि संचालन हुने भएको छ ।
प्राबिधिक कारणले स्थगित भएको परीक्षा असार १ गतेदेखि संचालन हुने भएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए ।

यसअघि प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारण गरेकोमा बजेट अभावका कारण परीक्षा स्थगित गरेको जनाएको थियो । प्रतिष्ठानहरुमा परीक्षा संचालन गर्ने, परीक्षाको मिति तोक्ने र परीक्षाको नतिजा निकाल्ने सबै काम रेक्टर कार्यालयको जिम्मेवारी रहेको रजिष्ट्रार प्रसाईले बताए ।

कार्यकारी परिषद्को बैठक बसेको जानकारी दिर्दै उनले परीक्षा शुल्क हाललाई नलिने निर्णय भएको बताए । यातायात शुल्क, बिद्यार्थी परिचय पत्र शुल्क र धरौटी वापतको शुल्क भने लिने निर्णय भएको उनले बताए । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परीक्षा रोकिएको थियोे । परीक्षा रोकिँदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको थियो ।