हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सहित हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध डाईजेपाम सहित हेटौंडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी बस्ने २३ बर्षीय निक्मा लामालाई पक्राउ गरेको हो । प्रहरीले उनको लामाको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुफिन १ एम्पुल गरी ३ एम्पुललाई १ सेट बनाई राखेको अवस्थामा ११ सेटमा ३३ एम्पुल लागू औषध डाईजेपाम बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरेको हो । लागुऔषध डाईजेपाम सहित पक्राउ परेका लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौडा उपमहानगरपालिका वडा नं. ४ स्कुलरोड स्थित पैदल हिडिरहेको अबस्थामा वडा नं. १० घर भई हाल वडा न. ८ बस्ने बर्ष ३१ को राजेश बि.क. र गढी गाउँपालिका वडा नं. ७ घर भई हाल हेटौडा ५ बस्ने वर्ष २६ को मानविर थिङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध वनरेक्स २६ बोतल बरामद गरेको थियो । लागुऔषध वनरेक्स सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्