हेटौडा । नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै विभिन्न संघसंस्थाहरुले बधाई तथा स्वागत गर्ने क्रम जारीरहेको छ । जनप्रतिनिधिबाट विभिन्न संघसंस्थाहरुले आफनो संस्थाको हितमा कार्यक्रम ल्याउन आग्रह समेत गरेका छन ।

यसैक्रममा हेटौडा–६ चौघडामा रहेको हेटौडा हेल्थपोष्टले विहिवार हेटौडा–६ नंं वडाबाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । कार्यक्रममा हेटौडा–६ का नवनिर्वाचित वडा अध्यक्ष विष्णु बहादुर दाहाल र वडा सदस्य विजय पौडेललाई स्वागत गरिएको थियो । कार्यक्रममा हेटौडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई विदाई गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज टीएन ढुङगेलले स्वास्थ्य चौकीले गरिरहेका स्वास्थ्य सम्वन्धि गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सञ्चारकर्मी भीमसेन पौडेल, रक्षादेवी टोल विकास संस्थाका सचिव राजकुमार फुयाँल, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, महिला सदस्य सरिता सापकोटा र दलित महिला सदस्य मुना विश्वकर्मा पार्टीको बैठक भएका कारण उपस्थित हुन भएको थिएन ।

भीमसेन पौडेल
थप जानकारी